Posts

Showing posts from December, 2020

Is Nepal better off in Covid-19 response than Kerala (India)?

Image
  केहीदिन पहिला आएको एउटा लेख "आवश्यक छैन लकडाउनको तरवार" मा भारतको केरलाभन्दा नेपालमा कोभिडको अवस्था राम्रो भन्ने कुरोले मनमा धेरै जिज्ञासाहरु उब्जेको थियो। दैनिक संक्रमित संख्याकै भरमा यो कुरो स्वीकार्नु भन्दा अलिक भित्री विश्लेषण गर्न मनलाग्यो। सबभन्दा पहिला जनसंख्या हेर्दा २०११ को जनगणनाको आधारमा केरला (तीन करोड अड्चालिस लाख) र नेपालको (दुई करोड अस्सी लाख) जनसंख्यामा खासै फरक देखिन्न। केरलामा पहिलो कोरोना केस ३० जनवरीमा र नेपालमा २३ जनवरीमा देखिएको थियो। झस्स हेर्दा केरला र नेपालको दैनिक संक्रमणको ग्राफको ढांचा उस्ताउस्तै भएपनि केरलामा संक्रमितको परिणाम दोबर भन्दापनि धेरै छ। यस्तो किनभयो? १.केरला मा कन्ट्याक्ट ट्रेसिङ ( तलको ग्राफ) र परीक्षण बृहत गरियो जसले गर्दा संक्रमणले उग्ररुप लिनपाएन। नेपालमा सबभन्दा धेरै ५७४३ संक्रमण देखिँदा हामी २०००० परीक्षण गरेका थियौं भने सोहिदिन केरला ले ८३६९ संक्रमण देखिँदा ६२००० परीक्षण गर्दै थियो। २. कन्ट्याक्ट ट्रेसिङ बाट सम्पर्कमा आएकाको अनिवार्य आईसोलेशन तथा क्वारेन्टीनमा राख्नु पर्थियो जुन हामीकहाँ संक्रमित बढेसँगै उल्टै न्यून हुँदै गयो